Sunday, February 10, 2008

पत्रमन्जुशामा नखसालिएको अधुरो पत्र


"समीप"

एकथोपा सितको उशाका किरणलाई स्पर्स गर्दाको पार्वर्त्य रुप अनी निस्चल गहिराइमा राजनी गन्धाको एक फुल पर्दाको तरङ्ग, खै ? कुन कुन सव्दको सँयोजन गरु मेरो यो अनुभुती अनी भवलाई ब्यक्त गर्न !! मरुधानमा कतै टाढा देखिएको मरिचिकाको आशमा निरन्तर दौडिरहेको एक जोडी तिर्खएको आँखालाई सम्हाल्नै नसक्नेगरी शायद सागर भेटिएछ । उफ्रन्छु मनसिक रूपले यती तिब्रकी रक्तसन्चार्मै अवरोध आएझै भान हुन्छ, सोच्दछु ! पोखीइ सकेका ति अतित फेरी मेरो पोल्ठाभरी बर्तमान भएर ब्युझिदिएकोछ । म रमाउन पुग्छु त्यही जहाँ जहाँ समय र हामी बिचको शाहवासले एउटा अतितको भ्रुर्ण बिकासित गरेकोथियो । शायद बुधेसकालको अशहाय अवस्थामा शहारा दिने सन्तानको माया जत्तिकै भएकोछ त्यो अतित सँग को प्रेम । अधुरो पत्र अबुधाबी बाट २००२